News Category 2075/03/23

कल्भर्ट निर्माण कार्य गुणस्तरहीन भएको भन्दै पुनः निर्माण गर्न निर्देशन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२, असार । 
राजविराज वडा नं. १ शिवथानमा गुणस्तरहिन तरिकाले कल्भर्ट निर्माण भइरहेको आरोप लगाइएको छ । 
स्थानिय उपभोक्ता समिति मार्फत १६ लाखको लागतमा निर्माण भइरहेको उक्त कल्भर्टमा सिमेन्टको तुलनामा बढी बालुवा र पुरानो इट्टाको प्रयोग भएको स्थानिय परशुराम यादवले आरोप लगाएका छन् । 
गत वर्ष ढलान भएको सो क्षेत्रको बाटोमा पर्ने उक्त कल्भर्टको लागि दुबै पट्टी पर्खाल उठाउने स्थानमा बिहीबार राती गुणस्तरहिन ढलान गरिएको आरोप लगाइएको हो ।   
“बिहीबार राती ९ बजेदेखी १ बजेसम्म कल्भर्ट निर्माणको काम ग¥यो, जसमा पुरानै इटाको प्रयोग समेत गरेका छन् ।” उनले भने, “दिउँसो गर्नु पर्ने काम नगरेर राती कीन गर्नु प¥यो, यसमा शंका छ ।”
तीन वर्ष अगाडी निर्माण गरिएको उक्त कल्भर्ट गत वर्ष आएको बाढीले भत्काएपछि अहिले स्थायिन रामअवतार यादवको संयोजकत्वमा गठित उपभोक्ता समिति मार्फत निर्माण भइरहेको छ । 
यता उपभोक्त समिति यादव रामअवतार यादवले सम्पन्न काम गुणस्तर रहेको दाबी गरेका छन् । यसैबीच शुक्रबार साँझ राजविराज नगरपालिका उपप्रमुख साधना झा, प्राविधिक केवल दास लगायतको टोलीले निर्माण भइरहेको कल्भर्टको स्थलगत निरिक्षण समेत गरेका छन् । 
निरिक्षणकै क्रममा प्राविधिक दासले निर्माण भइरहेको काम गुणस्तरहीन भएको प्रतिक्रिया दिए भने उपप्रमुख झाले निर्माण भइरहेको स्थलमा स्टिमेट बोर्ड राख्न निर्देशन समेत दिइन् । यस्तै गुणस्तरहिन कल्भर्ट निर्माणको कार्य पुनः सुरुदेखी नै गर्न निर्देशन दिइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट