News Category 2075/04/01

बजाज खडक वारिर्यसको लगातार दोश्रो जित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
राजविराजमा संचालित प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार सम्पन्न खेलमा बजाज खडक वारिर्यसले बोदेबर्साइन थन्र्डसलाई ६ बिकेटले पराजित गरेको छ । 
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पाँचौं दिन बोदेबर्साइनले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ९३ रन बनाउन सफल भएको थियो । 
बोदे बर्साइनलाई सस्तो रनमा समेट्न सडकका उपेन्द्र रायले ४ ओभरमा ९ रन दिई २ बिकेट तथा बिवेक यादवले ३ ओभरमा २५ रन दिई २÷२ बिकेट लिएका थिए भने हरिशंकर साह र फिर्दोस अंसारीले १÷१ बिकेट लिएका थिए । बोदे बर्साइनका लागि बिक्रम भुसालले १५ बलमा ३ छक्का र १ चौक्काको मद्धतले २६ अंकित सुबेदी र संदीप ढुंगानाले क्रमश ः१५ र १० रन बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । 
यता ९४ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको खडक वारिर्यसले १८ ओभर १ बलमा लक्ष्य भेटाएका थियो । खडकका लागि प्रशान्त राईले ४२ बलमा १ छक्का र २ चौक्काको मद्धतले ३१ रन तथा बिवेक यादव र फिर्दोस अंसारीले अवजित रहदै क्रमश ः १९ र १७ रनको योगदान दिएका थिए । 
यस्तै बलिंङ्गतर्फ बोदे बर्साइनका नन्दन झाले २ तथा रोहित सिंह र बिक्रम भुषालले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका बिवेक यादवलाई राजबिराज नगरपालिकाका सरसफाइ प्रमुख तथा कवडिका पुर्व अन्तराष्ट्रिय खेलाडि उमेश यादवले ट्रफी तथा १ हजार ५ सयले सम्मान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत मंगलवार बजाज खडक वारिर्यस र तिलाठि कोईलाडि महिन्द्रा हिरोजका बिच हुने आयोजक समितिका राहुल सिंहले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट