News Category 2075/04/02

तिलाठी कोइलाडीको ३० करोड ७२ लाख ८८ हजार ९ सय बजेट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आ.व. २०७५÷०७६ का लागि ३० करोड ७२ लाख ८८ हजार ९ सय रुपैयाँको कुल बजेट बिनियोजन गरेको छ । 
कुल बजेटको चालु तर्फ १७ करोड ९६ लाख ३८ हजार ९ सय रुपैयाँ र पूँजिगततर्फ १२ करोड ७६ लाख ५० हजार रहेको छ भने गाउँपालिकाको कुल आन्तरिक आम्दानी ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सोमबार सम्पन्न दोश्रो गाउँसभाबाट उक्त बजेट बिनियोजन गरिएको हो । 
यस्तै सो सभाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना एक हजारका दरले प्रदान गर्दै आइरहेकोमा आ.ब. २०७५÷०७६ देखि पाँच सय थप गरी एक हजार पाँच सय पु¥याएको छ । त्यस्तै गाउँपालिका बाढीबाट अतिप्रभावित रहेकोले बाढीको पूर्व सूचना दिन आगामी आर्थिक बर्ष २०७५÷०७६ बाट स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र एलईओसी सञ्चालनमा ल्याइने जनाइएको छ ।
त्यस्तै सोही सभाले गाउँपालिकालाई पोषणयुक्त गाउँपालिका बनाउन विशेष कार्यक्रम सञ्चालन गर्न जनाउँदै बालबालिकामा रहेको कुपोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट