News Category 2075/04/05

भाडाको ट्रयाक्टर बाहेक अन्य सवारी साधनमा कर बढेको छैन् ः प्रदेश सरकार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ साउन  । 
प्रदेश नं. २ सरकारले आ.ब. २०७५÷७६ मा भाडाको ट्रयाक्टर बाहेक अन्य सवारी साधनहरुमा करका दरहरु परिवर्तन नगरिएको जनाएको छ । 
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादववद्वारा शुक्रबार जारि विज्ञप्तिमा भाडाको ट्रयाक्टरको करलाई २ हजार ५ सयबाट ४ हजार मात्र गरिएको जनाइएको छ । 
जारि विज्ञप्तिमा विभिन्न संचार माध्यमहरुमा करका दरहरुमा बृद्धि सम्बन्धी प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै तथ्यहिन समाचारले सर्वसाधारणमा भ्रममा पार्नुका साथै संचार माध्यमको विश्वसनियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरिएको छ । 
साथै आगामी दिनहरुमा जनतासँग सम्बन्धीत समाचारहरु प्रकाशन प्रसारित गर्दा सम्बन्धीत पक्षसँग समुचित सूचना प्राप्त गरि सत्य तथ्य समाचार मात्र प्रकाशन गर्न अनुरोध समेत गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट