News Category 2070/09/13

गाविस प्रोफाइल नआउ“दा वेभ पेज बनेन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ पुस ।
सप्तरीका गाविस सचिवहरुको ल्यापटप खरिद प्रकरणमा पहिलो पटक ल्यापटपका लागि सम्झौता गरेका मध्ये एक कालिका कम्प्युटर एण्ड सप्लायर्स राजविराजले शुक्रबार आफ्नो धारणा राखेको छ ।
कालिका कम्प्युटर एण्ड सप्लायर्सले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी सप्तरीको १ सय १४ गाविस मध्ये ५२ वटा गाविस सचिवहरुसँग मात्र ल्यापटप, प्रिन्टर लगायतका सामग्रीका लागि सम्झौता गरेको जनाएको छ । 
पत्रकार सम्मेलनमा कालिका कम्प्युटर एण्ड सप्लार्यसका प्रोप्राइटर मनिष कुमार दासले आफुले ५२ वटा गाविस सचिवहरुसँग रु. १ लाख १० हजारदेखि रु. १ लाख ५० हजार सम्मको दरले ल्यापटप, प्रिन्टर, वेभ डिजाइन, तालिम र डोमेन रजिष्ट्रेशन उपलब्ध गराउने सम्झौता मात्र गरेको जानकारी दिनुभयो । 
उहाँले सम्झौता भएका गाविस सचिवहरु मध्ये कसैले पनि गाविस प्रोफाईल उपलब्ध नराएकोले वेभ पेजका लागि डोमेन रजिष्ट्रेशन र मुख्य पेज मात्र निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार डोमेन रजिष्ट्रेशनको अबधि एक बर्ष मात्र रहने भएकोले प्रत्येक बर्ष नविकरण गर्नुपर्ने भएपनि एक बर्ष पुरा भइसक्दाँ हालसम्म कुनै गाविसले नविकरण गराएका छैनन् । आफुले गाविस सचिवहरुलाई पटक पटक तालिम लिनको लागि र गाविस प्रोफाइल उपलब्ध गराउन आग्रह गर्दा समेत अहिले कुनै सुनुवाई नभएको दासको भनाई छ 

प्रतिकृया दिनुहोस

ताजा अपडेट