News Category 2070/09/14

आगलागिमा बाबु छोराको मृत्यु

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको धरमपुर गाविसमा गएराति आगलागि हुँदा बाबु छोराको जलेर मृत्यु भएको छ । 
सप्तरीको घोघनपुर गाविसका स्थायी निवासी ६० वर्षिय नागेश्वर साह र उनका छोरा १८ वर्षिय खेलानन्द साहको धरमपुर ४ स्थित बलुवामा रहेको किराना पसलमा आगलागि हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
पसल छेउमा भान्सा कोठामा रहेको ग्यासको सिलिण्डर लिक भएर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिजयकुमार यादवले जानकारी दिनुभयो । 
यता आगलागिमा एक तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने पसलमा रहेको सम्पूर्ण खाद्यान्न, डिजल, मट्टीतेल लगायत अन्य सामानहरु जलेर नष्ट भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो । यद्दपी आगलागिबाट करिब १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले आगलागिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
यता जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीले मृतकका परिवारलाई रु. २५ हजार क्रियाका लागि रकम दिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताल ल्याइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट