News Category 2075/04/26

राजविराज दैनिक पुनः “क” श्रेणीमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
प्रेस काउन्सील नेपालले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणमा “राजविराज दैनिक” पुनः “क” श्रेणीमा पर्न सफल भएको छ । 
प्रेस काउन्सील नेपालले आ.व. २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरण नतिजा अन्तरगत विगत २८ वर्षदेखी राजविराजबाट प्रकाशित राजविराज दैनिक लगातार दोश्रो वर्ष “क” श्रेणीमा पर्न सफल भएको हो ।
नतिजा अनुसार आ.व. २०७२÷०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९ सय १३ पत्रपत्रिकामध्ये ८ सय २६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यस्तै आ.व. २०७३÷७४ मा आवेदन गर्ने ९ सय ५३ पत्रपत्रिकामध्ये ८ सय १६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १ सय ३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट