News Category 2075/04/28

बर्षाले औद्योगिक क्षेत्र डुवानमा लाखौंको कच्चापदार्थमा क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
शनिवार रातीदेखि भईरहेको वर्षाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रुपमा डुवानमा परेको छ भने राजविराजका केही वडा जलमग्न भएको छ । 
आइतबार बिहानसम्म परेको वर्षाले राजविराज नगरपालिकाको वडा ४, ५, ७, ८, ९, ११ र १६ लाई जलमग्न वनाउनुका साथै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई डुवानमा पारेको हो । 
औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यका अनुसार वर्षाको पानी पसेर औद्योगिक क्षेत्रभित्र संचालनमा रहेको महालक्ष्मी र कोशी पोलिमर्स प्लाष्टिक उद्योगमा करिव १५ लाखको कच्चा पदार्थ नष्ट हुनुका साथै उपकरण र मेसिनहरु समेतमा क्षती पुगेको छ ।
यस्तै, कृष्णा खाद्य उद्योगको गोदाममा वर्षाको पानी पसेर २ लाखभन्दा वढिको चामल र उपकरण नष्ट भएको उद्योगका संचालन जिवछ यादवले वताए । सोहि क्षेत्रभित्र रहेको मिलन डेरी उद्योगमा पनि वर्षाको पानी पसेर १ लाख वरावरको कच्चा सामग्री नष्ट भएको र पानीको तिव्र वेगका कारण गोदाम भवन नै ढल्ने अवस्थामा पुगेको औद्योगिक क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ ।
आईतवार दिउँसोदेखि वर्षा रोकिएपनि सम्भावित वर्षालाई ध्यानमा राखी तत्काल उद्दार तथा राहतका लागि सुरक्षाकर्मी र विपद ब्यवस्थापन समिति उच्च सतर्कमा रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले वताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट