News Category 2075/04/28

प्रेस र पुलिस मिलेर काम गर्ने एसपी विष्टको प्रतिबद्धता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
सप्तरीमा सरुवा भएर आएका प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जिल्लाको शान्तिसुरक्षा वलियो पार्न प्रेस र पुलिस मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित परिचयात्मक कार्यक्रममा एसपी विष्टले अपराध रोक्न र शान्ति सुरक्षा कायम गर्न कानुनी दायरामा रहेर  पत्रकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
एसपी विष्टले शान्ति सुव्यवस्था कायम राख्न पत्रकारहरुको पनि साथ उत्तिकै रहेको भन्दै प्रहरीले गर्ने राम्रा काममा प्रोत्साहन र गलत काममा खवरदारी गर्ने दुवै जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे । 
प्रहरीले कुनै पनि घटना नलुकाउने भन्दै एसपी विष्टले घटेको घटनालाई पारदर्शी गर्न आफू सदैव तयार रहने जनाए । ९ सय ३२ जना जनशक्तिवाट जिल्लाभर शान्ती सुरक्षा कायम गर्न ठूलो चुनौति रहेपनि सवैको साथ पाए चुनौतिको सामना गर्न तयार रहेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट