News Category 2075/04/30

मैथिली कलाकार धर्मात्माको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
मैथिली कलाक्षेत्रमा छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कलाकार धमेन्द्र यादव धर्मात्माको मंगलबार उपचारका क्रममा निधन भएको छ । 
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ निवासी फिल्म निर्देशक यादवको उपचारका क्रममा काठमाडौंस्थित अस्पतालमा २७ वर्षको उमेरमा असामयिक निधन भएको हो । 
फिल्म निर्देशन समेत गरिसकेका मैथिली कलाक्षेत्रमा विगत एक दशकदेखी क्रियाशिल रहेका यादवको निधनले मैथिली कलाक्षेत्रलाई अपूर्णीय क्षति पुगेको छ । 
करिब एक दर्जन मैथिली फिल्ममा अभिनय, मैथिली खुशी युट्युब चैनल माध्यमले कमेडी श्रृंखला सञ्चालन समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट