News Category 2075/04/30

डुबेर र करेन्ट लागेर बालकसहित चारको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको छुट्टाछुट्टै दुर्घटनामा बालकसहित चार जनाको मृत्यु भएको छ । 
जिल्लाको बलानबिहुल गाउँपालिका २ पत्थरा टोलस्थित पोखरीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । 
स्थानिय खुसिलाल साहको पोखरीमा आफ्ना हजुरआमासँग नुहाउँने क्रममा सोही स्थानका श्रीराम साहका ४ वर्षिय छोरा रन्जित कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
त्यस्तै शम्भुनाथ नगरपालिका ७ भगवतपुर बस्ने सदेब सदाको घर पछाडीको पोखरीको डिलमा डाक्नेश्वरी नगरपालिका ८ बस्ने ४० वर्षिय पल्टु सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  
यस्तै जिल्लाको रुपनी गाउँपालिका २ बस्ने ४० वर्षिय राम उद्गार सदा पोखरीमा डुबेर मृत अवस्थामा फोला परेका छन् । 
मादक पदार्थ सेवन गरी सोमबारदेखी हराईरहेको सदा मंगलबार आफन्तहरुले खोज्ने क्रममा सार्बजनिक पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 
त्यस्तै जिल्लको महादेवा गाउँपालिका २ निवासी ५० वर्षिय कपलेश्वर मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । 
आफ्नो धान कुट्ने मिल चलाउनका लागी बिद्युतको स्विच जोड्ने क्रममा करेन्ट लागी मण्डलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट