News Category 2075/05/02

अंचल अस्पताल राजविराजमा डायलायसिस सेवा सुरु, थप सुविधासहित अस्पतालको चाडै स्तरोन्नती हुने ः उपप्रम तथा स्वास्थ्य मन्त्री यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा करिव १ करोड लागतमा चार वटा डायलायसिस मेसिनहरु जडान गरिए लगत्तै अब मृगौला रोगिहरुलाई उपचारका लागि अन्यन्त्र जानु पर्दैन् । 
सेवा सुरु भएसँगै पहिलो दिन दुई जना मृगौला पीडित विरामीले उपचार सेवा पाएका छन् । यसअघि यहाका मृगौला पीडितहरु ठुलो रकम खर्चेर उपचारका लागि धरान, विराटनगर र भारतको दरभंगा, पटनासम्म पुग्ने गरेका थिए ।
यसैबीच शुक्रवार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘डायलायसिस’ सेवाको उद्घाटन गरेका छन् । 
डायलासिस सेवाको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री यादवले अस्पतालका बिरामीहरु थप उपचारका लागि अब बाहिर नजाने गरि केही दिन भित्रै अस्पतालको स्तरोन्तरी हुने दाबी गरे । उनले अञ्चल अस्पतालवाट विरामी रेफर गर्नु पर्ने अवस्थाको अन्त्य हुने गरि र अन्य जिल्लाका विरामी उपचारका लागि सप्तरी आउने गरी अस्पतालको स्तोरोन्नती गरिने वताए ।
अस्पतालमा केहि दिनभित्रै दरबन्दीका चिकित्सकका साथै अन्य सेवा सुविधा पनि थप गरिने वताउँदै स्वास्थ्यकर्मीलाई स्वतन्त्रतापुर्वक काम गर्ने वतावरण तयार गर्न सबैलाई आग्रह गरे । उनले दुई तीन महिनाको अवधीमा अस्पताल सुधरोन्मूक अवस्थामा आएको दाबी समेत गरे । 
उनले अस्पताल स्तरोन्नतीका ७६ करोड वजेट छुट्याईएको जानकारी दिदै अस्पतालमा दरवन्दी अनुसारको चिकित्सक र सम्वन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आईपुग्ने वताए । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले राजविराजलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य लिएर कार्य गर्दै आइरहेको जानकारी दिए ।  
यस्तै सोही कर्यक्रममा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले अस्पतालको सुधारका निम्ति संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अब जिल्लाको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले जिल्लामा परिवर्तनको पर्खाईमा रहेको भन्दै यसका लागि नमूना जिल्ला बनाउने तर्फ उपप्रम तथा स्वास्थ्य मन्त्री यादवलाई आग्रह गरेका छन् । 
त्यस्तै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अंचल अस्पताल बारे गरिएको टिका टिप्पणीलाई अबको अस्पतालको स्तरोन्तरीले समाप्त पार्ने जिकिर गरे । उनले हालै संघीय सरकारले प्रदेश २ को ८ जिल्लामा ६ वडा जिल्ला पशु कार्यालय मात्र रहने भन्दै गरेको निर्णयप्रति विमत्ति जनाएका छन् । उनले पर्सा र बारा जिल्लाका लागि पर्सामा तथा सिरहा र सप्तरीका लागि सिरहामा पशु कार्यालय रहने गरि गरिएको निर्णय तत्कालै खारेज गर्न संघीय सरकारसमक्ष आग्रह समेत गरे । 
कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमनले अस्पतालको व्यथतिलाई कम गर्न यहाँका जनताहरुबाट पहलको आवश्यकता रहेको जिकिर गरे । उनले अस्पतालका केही कर्मचारीहरुकै मिलोमतोमा उपकरणहरु बिगार्ने गरेको कार्यलाई निरुत्साहित गरि बिरामीको सेवामा ध्यान केन्द्रित गर्न सम्पूर्ण कर्मचारी र चिकित्सकलाई आग्रह गरे । राजपाका महासचिव समेत रहेका सुमनले जब सम्म क्षणिक आर्थिक लोभलाई नत्यागेसम्म अस्पताल नधु्रने बताए । 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा. रन्जित झा, अस्पताल विकास समितिका पूर्व अध्यक्ष डा. चिरन्जिबीलाल देव, डा. तिर्थनारायण लाल कर्ण, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, जिल्ला समन्वय समितिका अध्यक्ष प्रभकर यादवलगायतले अस्पतालको स्तरोन्तरीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालको सेवा सुविधा वृद्धि गरी सर्वसाधारणलाई सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।
यसअघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव सप्तरीको भारदहमा आयोजित शहिद राजिव राउतको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै सहिदहरुको सम्मान गरेर उनीहरुको सपना पुरा गर्ने उद्देश्यका साथ अघि वढनुपर्ने तर्क गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट