News Category 2075/05/20

सीमा रक्षक यादवलाई “जनसेवा श्री”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
सीमा रक्षकको नामले परिचित सप्तरीका देवनारायण यादव नेपाल सरकारले प्रदान गरेको जनसेवा श्रीबाट सम्मानित भएका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ सालको गणतन्त्र दिवसका दिन विभूषण प्रदान गर्न घोषणा भए बमोजिम मंगलबार उनलाई सो विभूषणबाट सम्मानित भएका हुन् । 
नेपाल राष्ट्रिय गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान स्वरुप यादव जनसेवा श्रीबाट विभुषित गरिएको छ । 
२०७३ साल साउन १३ गते सप्तरीको तत्कालिन तिलाठी गाविसमा नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीले भत्काइ दिएको विषयमा दुई पक्षबीच झडप हुँदा देवनरायण घाइते भएका थिए । 
उनले सो समयमा भारतीय पक्षसँग भूमीको रक्षाका लागि देखाएको साहसिक र ऐतिहासिक कदमको उच्च मूल्याङ्कन गरि नेपाल सरकारले सो विभूषणबाट उनलाई सम्मानित गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट