News Category 2070/09/17

सप्तरीबाट समानुपातिकमा तीन महिला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ पुस । 
संविधानसभामा सप्तरी जिल्लाबाट तीन जना महिला सभासद्ले प्रतिनिधित्व गर्ने भएका छन् । उहाँहरू मध्ये दुई जना संविधानसभामा पहिलोपटक प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने एक जना यसअघि पनि संबिधानसभामा प्रतिनिधित्व गरि सक्नु भएको छ । 
जिल्लाबाट नेकपा (एमाले), मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र नेकपा (संयुक्त)ले महिलालाई समानुपातिकतर्फको सभासद् बनाएका हुन् । नेकपा एमालले रन्जु ठाकुर झा, फोरम लोकतान्त्रिकले रमणी राम, नेकपा (संयुक्त)ले मिथिला चौधरीलाई संविधानसभा सदस्यमा मनोनयोन गरेका छन् । 
सप्तरीको तिलाठी गाविस निवासी झा नेकपा एमालेको अखिल नेपाल महिला संघका केन्द्रीय सचिव तथा २०६४ सालको संबिधानसभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्नु भएको थियो ।  
सप्तरीको डिमन गाविस निवासी रमणी राम अघिल्लो संबिधानसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट संबिधानसभामा पुग्नुभएको थियो । उहाँ पछि महेन्द्र राय यादवले पार्टी फोडेर बनाएको तराई मधेश लोकतान्त्रिक पार्टी नेपालबाट सिंचाई राज्य मन्त्री समेत बन्नु भएको थियो । नेकपा संयुक्तबाट समानुपातिक तर्फको सभासद्मा मनोनित चौधरी नयाँ हुनुहुन्छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट