News Category 2075/05/24

वर्षाले घर भत्किएर बिचल्लिमा परेका अपाङ्गलाई राहत प्रदान

दैनिक समाचारदाता

राजविराज÷बर्षाको पानीले घर भत्केर बिचल्लीमा परेका एक विपन्न अपाङ्ग व्यक्तिलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । 
सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोका अति बिपन्न अपाङ्ग दिलिप कुमार मण्डललाई सो राहत प्रदान गरिएको हो । 
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरी, समावेशी अपाङ्गता संघ सप्तरी र गाउँपालिकाको सिफारिसमा मण्डललाई राहत स्वरूप त्रिपाल, धोती, साडी, झुल, बेडसिट, भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए । 
सो राहत प्रदान गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सगरमाथा अपांङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, कोषाध्यक्ष रामचन्द्र यादव, सदस्य बीरेन्द्र चौधरी, समावेसी अपांङ्गता संघका अध्यक्ष सतिष झा र स्थानीयहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट