News Category 2075/05/25

सुर्य नारायण समाजसेवामा उदाहरणीय बन्दै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ भदौं । 
धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष ई. सुर्य नारायण यादव अहिले समाजमा उदाहरणीय कार्य गर्न लागिपरेका छन् । जसकारण उनको कार्यलाई सहनिय भन्दै समाजसेवाको क्षेत्रमा प्रिय बन्न पुगेका छन् । 
जिल्लामा दैवी प्रकोपबाट पीडित बनेका जोसुकै होस् परिवार वा व्यक्तिलाई सहयोग गर्न उनी ती पीडितहरुको घर घरमै पुगेर आफूसक्दो सहयोग गर्न पछिहट्दैनन् । 
यस्तै उनले आइतबार जनकल्याणका लागि कार्य गर्ने जनप्रतिनिधिहरुलाई सम्मान समेत गर्न भ्याए । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष मोहि यादव र सदस्यहरु बिसुनदेव पण्डित, माधुरी दास लगायतका सदस्यहरु र वडा सचिच चन्दर मण्डललाई अध्यक्ष एवं समाजसेवी ई. यादवले गम्छा ओडाएर तथा फूलमाला लगाएर सम्मानित गरे । 
कसैसँग भेदभाव नगरी सबै जनतालाई एकनास व्यवहार गर्न तथा ऐन कानुन भित्र रहेर सबैलाई साथ लिएर वडाको विकास गरेको भन्दै क्लवका अध्यक्ष यादवले सम्मान गरेको बताए ।
यसअघि क्लबका अध्यक्ष यादवले जिल्लाका बाढीपीडित, अग्निपीडित, चिसो प्रभावित व्यक्तिहरुलाई राहत प्रदान गर्दै आइरहेका छन् । जहाँ पीडितहरुलाई सहयोग गर्न स्थानिय सरकारको आँखा पुग्दैन् त्यहा ई. यादवको आँखा पुग्ने बित्तिकै उनी राहत लिएर घरमै पुगिहाल्छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट