News Category 2075/05/25

बोदे बरसाईन नपाद्वारा आठ शिर्षकमा सेवा निःशुल्क

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ भदौं । 
सप्तरीको बोदे बरसाईन नगरपालिकाले नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै जनतालाई सहुलियत हुने हिसावले विभिन्न ८ वटा शिर्षकको सिफारिसमा सेवा निशुल्क गरेको जनाएको छ ।
नगरपालिकाले जारी गरेको सुचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृती सिफारिस र स्वास्थ्य सम्वन्धि सिफारिस सेवा निःशुल्क गरिएको जनाएको छ ।
यता सोही सूचनामा नगरपालिकाले कुनै प्रकारको करको दरमा वृद्धि समेत नगरेको स्पष्ट पारिएको छ । 
जिल्लाभरिका स्थानिय तहहरुले विभिन्न शिर्षकमा कर बढाएको आलोचना भईरहेको वेला नगरपालिकाले भने कुनै पनि वस्तुमा कर नबढाएको स्पष्ट गरेको हो ।
यसअघि नगरपालिकाले कायम गरेको केहि शिर्षकको कर बढि भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यापालिकाको वैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित ८ वटा शिर्षकको कर मिनाहा गरि निःशुल्क गरिएको मेयर आतेशकुमार सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट