News Category 2075/05/26

सनराइजद्वारा पीडित परिवारलाई दुर्घटना बिमा भुक्तानी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ भदौं । 
सनराइज वैंक राजविराज शाखाले ग्राहकका लागी ल्याएको स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत सोमबार आफ्ना एक ग्राहकका परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको छ । 
बैंकका ग्राहक तिलाठी २ तथा हाल राजविराज नगरपालिका ८ का फुलेश्वर मिश्रको गत बैशाखमा सडक दुर्घटनामा परि मृत्यु भएपछि उनका परिवारलाई बैंकले सो दुर्घटना बीमा वापतको १ लाख ६९ हजार ३ सय ९५ रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख रोहित महासेठले जानकारी दिए । 
बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी मिश्रकी पत्नी पवन मिश्रलाई सो चेक हस्तान्तरण गरेका हुन् । रकम वुझदै मिश्र की पत्नी पवन देवीले वैंकले प्रदान गरेको रकमले छोरा छोरीको पालन पोषण र शिक्षामा ठुलो सहयोग पुग्ने वताइन । 
बैंकले स्वास्थ्य विमा अन्र्तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दावीगर्न पाइने व्यवस्था गरेको छ । 
त्यस्तै दुर्घटना विमा अन्र्तगत वचत कर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा  ५ लाख रुपैयाँ भन्दा नवढने गरी वचत खातामा रहेको मौजदातको ४ गुना सम्म दावी गर्न सकिने व्यवस्था छ । 
यसअघि गत जेठ १८ गते पनि सो वैंकले स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज १ का राम अवतार यादवलाई उपचार खर्च वापत ४९ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट