News Category 2070/09/17

नगरक्षेत्रमा चोरीका घट्ना बढ्दो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ पुस । 
सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न स्थानमा सृख्लाबद्ध चोरीका घट्नाहरु हुँदै आएपनि प्रहरीले चोरलाई पक्राउ गर्न असफल बन्दै आएको छ । 
सुरक्षालाई चुनौति दिदै जिल्लामा चोरीका घट्ना हुँदै आएपनि एउटा पनि एउटा पनि चोरलाई प्रहरीले पक्राउ गर्न सकिरहेका छैन् । 
सर्वसधारण घरमा नरहेको मौका छोपी चोरहरुको गिरोहले ताला फोडेर चोरी गर्ने सृख्लालाई तिब्रता दिएको छ । तर प्रहरीले चोरीका घट्ना नियन्त्रण भन्दा पनि सिमाक्षेत्रमा बढी ध्यान केन्द्रीत गरेको सर्वसाधारणको आरोप छ ।
सिमाक्षेत्रमा हुने चोरी पैठारीमा बढी ध्यान केन्द्रीत गरेपनि सदरमुकाम तथा ग्रामिण भेगमा हुने चोरीका घट्नालाई प्रहरीले नजर अन्दाज गर्दै आएको स्थानियहरुको आरोप छ ।
बिगत एक साताको अबधिमा मात्रै एक दर्जन भन्दा बढी चोरीका घट्ना हुँदा समेत प्रहरीले चोरीमा संलग्न रहेका एक जनालाई पनि पक्राउ गर्न नसकेकाकोबाट प्रहरीको निरिहता पुष्टी भएको स्थानियको गुनासो छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट