News Category 2075/05/27

जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउँदै छ ः सांसद आलम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ भदौं । 
नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य मो. आफताब आलमले जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउने काम भइरहेको आरोप लगाएका छन् ।  
१०५ औं विपिको जन्न्म जयन्तीको अवसरमा नेपाल मुस्लिम संघ सप्तरी क्षेत्र नं. ३ ले कुशहामा आयोजना गरेको भेलामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद आलमले सो आरोप लगाएका हुन् । मुलुकको वर्तमान राजनीतिमा जातीय समिकरणले जडो गाड्दै गइरहेको भन्दै उनले भने, “जातिय समिकरणले मु्लुकलाई द्वन्द्वमा फसाउने काम मात्र गर्छ ।”
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका आलमले मधेशी जनताको हकअधिकार तथा पहिचान काँग्रेसले मात्र स्थापित गर्न सक्ने दाबी समेत गर्नुभयो । पूर्वमन्त्री समेत रहेको आलमले मुस्लिहरुको महान पर्व इद र बकरइदको बिदा कटौती गरेर संघीय सरकारले ठूलो भूल गरेको भन्दै ती बिदाहरु अविलम्ब दिन संघीय सरकारलाई आग्रह समेत गरे । 
सरकारको आठ महिने कार्य अवधीमा जनताले विकासको अनुभूती नपाएको आरोप समेत उनले लगाए । 
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्रतिनिसभाका सदस्य तेजुलाल चौधरीले नेपाली काँग्रेस मुलुककै पुरानो पार्टी भएकोले हाल पार्टीमा देखिएको गुटउपगुटले पार्टी कमजोर भएको जिकिर गरे । पार्टीलाई बलियो बनाउन गुटउपगुटकालाई निरुत्साहित पार्नु पर्नेमा उनले जोड दिए । सांसद चौधरीले किसानहरुको समस्याहरु बारे सरकार गम्भिर नभएको आरोप लगाउँदै उनीहरुको समस्या समाधान गर्नतर्फ सरकार गम्भिर हुनुपर्नेमा जोड समेत दिए । 
नेपाल मुस्लिम संघ सप्तरी क्षेत्र नं. ३ का अध्यक्ष मो. युसुफको अध्यक्षतामा आयोजित भेलामा मुस्लिम संघका केन्द्रिय सचिव इर्साद अन्सारी, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, क्षेत्रिय अध्यक्ष बद्री महात्मान, पूर्वसांसद सुरेन्द्र यादव, सिताराम साह, टे«ड युनियनका उमेश मिश्र, रामसुन्दर मण्डल लगायतले मन्तव्य दिएका थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट