News Category 2075/05/28

ठूलो परिमाणमा बरामद मदिरा नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न सीमा क्षेत्रका स्थानहरुबाट ठूलो परिमाणमा बरामद गरेको मदिरा नष्ट गरेको छ ।
भारतको विहार राज्यतर्फ तस्करी भईरहेको सूचनाका आधारमा सीमा क्षेत्रहरुबाट प्रहरीले कस्तुरी मदिरा ५ हजार बोतल र सौफि मदिरा ५ हजार गरी १० हजार बोतल मदिरा बरामद पश्चात् वुधवार नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएको ती मदिरा नष्ट गरेको छ । 
यता सोही पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले मदिरा ओसार पसारमा संलग्न तस्करहरु भने फरार भएको जानकारी दिए । उनले भारततर्फ अवैद्य रुपमा चोरी निकासी हुने मदिरा नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी र गस्तिलाई निरन्तरता दिई कडाई गरिएको समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट