News Category 2075/05/30

संघीय प्रेस फोरमको प्रदेश २ समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
संघीय प्रेस फोरम प्रदेश नं. २ को तदर्थ समिति विहिवार गठन भएको छ । 
जनकपुरस्थित संघीय समाजवादी पार्टी कार्यालयमा सम्पन्न प्रेस फोरमको प्रदेश भेलाबाट सप्तरीका श्याम सुन्दर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरिएको जनाइएको छ । 
यस्तै गठित समितिका उपाध्यक्षद्वयमा विजय कु्शवाहा (पर्सा) र सुरेश यादव (धनुषा) लाई चयन गरिएको छ । त्यस्तै सचिवमा रामनारायण कापडि (धनुषा), सह–सचिवमा अमरेन्द्र यादव (सिरहा), कोषाध्यक्षमा राकेश यादव (रौतहट) चयन भएका छन् । 
समितिका सदस्यहरुमा नागेन्द्र यादव (महोत्तरी), प्रिया सिंह थारु (सप्तरी), जितेन्द्र सिंह दनुवार (सिरहा), मुकेश मंडल (बारा), मनोज यादव (सर्लाही), अनिल तिवारी (पर्सा) र बन्दना झा (सर्लाही) सर्व सम्मतिले चयन गरिएको फोरमका प्रदेश मुख्य सचिव शम्भु झाले जानकारी दिए ।  
प्रदेश सांसद तथा वरिष्ठ पत्रकार रामअशिष यादवको अध्यक्षतामा तथा फोरमका प्रदेश मुख्य सचिव शम्भु झो प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विशिष्ट अतिथिद्वय प्रदेश सचिव शेषनारायण यादव र सल्लाउदिन अहमद, पार्टी जिल्ला अध्यक्ष चन्देश्वर महतो, पूर्व सांसद उर्मिला साह, महिला नेत्री विन्दु कुमारी यादव, विष्णुदेव साह र प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, पत्रकार भोला पासमान, बैधनाथ यादव लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट