News Category 2075/06/03

संविधान दिवस मनाउने बेला आइपुगेको छैन् ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान दिवस मनाउने बेला आइनपुगेको बताएका छन् । 
संघिय समाजवादी फोरम नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार आएका पार्टी अध्यक्ष समेत रहेका मन्त्री यादवले संचारकर्मीसमक्ष सो कुरा बताउँदै असोज ३ गते संघीय समाजवादी फोरम नेपाल कालो दिवसमा सहभागि नहुने स्पष्ट समेत पारे ।
संचारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री यादवले संविधान जारि भएकै मितिदेखी पार्टीको संविधानप्रति फरक मत रहेको तर, बदलिदो परिस्थितीमा संविधानमा भएको त्रृटीपूर्ण प्रावधानलाई परिमार्जन गरि अगाडी बढ्ने र आन्दोलनका दिशा पनि त्यसतर्फ केन्द्रित हुने बताए । 
राज्य र सरकारमा रहेका पार्टीसँग संविधान संशोधनप्रति सम्झौता भइसकेको दाबी गर्दै सपथ ग्रहण गराउने व्यक्तिले नै संविधानप्रति पूर्वाग्रह राख्नु औचित्य नरहेको उनको भनाई छ । उनले ज्येष्ठ सदस्यको हैसियतबाट महन्थ ठाकुरबाट सपथ लिएको र सपथ लिइसकेपछि संविधानको बिरोध गर्न नैतिकता नरहेको भन्दै अब संवैधानिक प्रक्रियाबाट अगाडी बढेर संविधानमा रहेका त्रृटीहरु सच्याउन लाग्नु पर्ने राजपाका संयोजक महन्थ ठाकुरलाई सुझाव समेत दिए । 
स्वाइनफ्लु होइन्, मौसमी एनफ्लाइजिया
स्वास्थ्य मन्त्री समेत रहेका यादवले सप्तरीमा फैलिएको स्वाइनफ्लु हल्ला मात्र भएको भन्दै स्वाइनफ्लु नभएर मौसमी एनफ्लाइजिया भएको दाबी गरे । उनले सो मौसमी एनफ्लाइजिया पूर्ण रुपमा नियन्त्रणमा आइसकेको समेत दाबी गरे । 
न्यायायिक छानबिन समिति गठन गर्नुपर्ने
संचारकर्मीहरुको एक प्रश्नमा मन्त्री यादवले बर्दियाका राम मनोहर यादवको मृत्यु भएको विषयमा आफूलाई मुछेर बदनाम गर्न लागिपरेको भन्दै सो बारे न्यायायिक छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउनु पर्ने बताए । 
अस्पतालको नाममा विवाद छैन्
त्यस्तै राजविराजमा एक अन्तराष्ट्रिय स्तरको मेडिकल कलेज स्थापनाको प्रक्रिया समेत अगाडी बढीसकेको जानकारी दिँदै मन्त्री यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल बेग्लै र स्थापना हुने रामराजा प्रसाद सिंह मेडिकल कलेज बेग्लै भएकोले यसप्रति कसैलाई शंका नगर्न आग्रह समेत गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट