News Category 2075/06/04

दुई अंगरक्षकसहित मन्त्रीकै नेतृत्वमा संविधान बिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
नयाँ संविधान जारि भएको तीन वर्ष पुगेको अवसरमा बुधबार मुलुकको विभिन्न स्थानमा खुशियाली मनाइरहेको बेला प्रदेश २ का ८ जिल्लामा सो दिनलाई कालो दिवसको रुपमा मनाइएको छ । 
मधेशकै राजनीतिमा अहम भूमिका निर्वाह गर्ने सप्तरी जिल्लामा भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिरोध प्रदर्शन, मोटरसाइकल ¥याली, बिरोध सभा, सार्वजनिक स्थानमा कालो झण्डा तथा बत्ति निभाउने लगायतका कार्यक्रम गरि संविधान दिवसलाई कलो दिवसको रुपमा मनाएका छन् । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको ¥याली बजार परिक्रमा गरि स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । सोही ¥यालीमा प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना दुई अंगरक्षकसहित झण्डै २ किलोमिटरसम्म निकालिएको ¥यालीमा सहभागि भए । 
मन्त्री सोनलको नेतृत्वमा निकालिएको ¥यालीमा राजपाका केन्द्रिय, जिल्ला, गाउँस्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको ¥याली बजार परिक्रमा गरि स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । 
बिरोधसभाकै क्रममा संचारकर्मीहरुले मन्त्री सोनलसँग संविधान दिवसलाई कालो दिवसको रुपमा कीन मनाएको भन्ने जिज्ञासाको जवाफमा उनले संविधानप्रति मधेशी जनताको असन्तुष्टि र समर्थन नरहेको कु्रा अन्तर्राष्ट्रिय जगतलाई देखाउन चाहेको बताए । 
मन्त्री सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालदेखी नै संविधान संशोधनको कुरा उठाउँदै आएको तर, दोश्रो कार्यकालमा समेत संशोधनको कुरालाई वेवास्ता गरिदै आएकोमा जबसम्म संविधान संशोधन हुँदैन तबसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने स्पष्ट समेत पारे । उनले संविधान संशोधन नगरिएसम्म सडक र सदनमार्फत आन्दोलनमै रहने उद्घोष समेत गरे ।
यता सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, खड्क, कंचनरुप, शम्भुनाथ लगायतका नगरपालिकामा समेत राजपा कार्यकर्ताले सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याएर हात र टाउँकोमा समेत कालो पट्टी बाँधेर दिनभर बिरोध प्रदर्शन गरेका छन् ।
सदरमुकाम राजविराजमा राजपाका संयोजक रामप्रित यादव, प्रदेश सभा सदस्य विक्कि यादव राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्य दिनेश यादव, अमरनाथ मण्डल, डा.टेक नारायण मण्डल लगायतको अगुवाईमा गरिएको प्रर्दशनमा सहभागिहरुले “हाम्रो आन्दोलन जारि छ, मधेश बिरोधी संविधान मान्दैनौं, संविधान संशोधन गरि मधेशीको माँग सम्बोधन गर,” लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । उनीहरुले संविधानमा रहेका कमीकमजोरी अविलम्ब नसच्याए आन्दोलन चर्काउने चेतावनी समेत दिएका थिए । 
यसअघि बुधबार बिहानैदेखी राजपाका नेता कार्यकर्ताहरुले जुलुस नारा तथा मोटरसाइकल ¥याली प्रदर्शन गर्दै राजविराजस्थित विभिन्न सरकारी कार्यालयहरुमा कालो झण्डा झुण्ड्याएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट