News Category 2075/06/04

सरकारीस्तरबाट संविधान दिवस औपचारिकता मात्र

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टीको बिरोध कार्यक्रमलाई हेर्दै सरकारीस्तरबाट सार्वजनिक स्थानमा भव्य रुपमा संविधान दिवस मनाइएन् । 
सरकारीस्तरबाटै संविधान दिवसलाई भव्यताका साथ मनाउने निर्देशन आएपनि बुधबार सप्तरीमा भने सो अनुसार आयोजना गरिएन । 
संविधान दिवसको अवसरमा सप्तरीमा सरकारीस्तरबाट औपचारिकता मात्र पुरा गरेको छ ।  सरकारीस्तरबाट आयोजना गरिने कार्यक्रममा सहभागि नहुने मधेश केन्द्रित दलको जानकारीपछि सुरक्षा निकाय र विभिन्न कार्यालयका प्रमुखहरुको उपस्तिथीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको निवासमा छोटो कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट