News Category 2075/06/04

नेकपाद्वारा अस्पतालका बिरामीलाई फलफुल बितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
संविधान दिवसको अवसरमा बुधबार नेकपाका सप्तरीले बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ ।
नेकपा सप्तरीले स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको हो । 
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, रुबी कर्ण, यूवा नेता महेश यादव, निरन्जन झा, सुखराम यादव, मुकेश यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट