News Category 2075/06/05
स्वास्थ्य उपचारका लागी वृद्घलाई रकम हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सनराइज वैंक शाखा राजविराजले ग्राहकका लागी ल्याएको स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत हालसम्म तीन जना पीडित र उनका परिवारलाई राहत स्वरुप रकम भुक्तानी गरेको छ ।
शाखाका ग्राहक रहेका तिलाठी कोइलाडी गाउँपालिका ६ हाल राजविराज ७ मा वसोवास गर्दै आएका ७५ वर्षिय गोविन्द प्रसाद साहलाई विहीवार ३४ हजार ७ सय १६ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
साहको गत महिना धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्रेन हेम्ररेज सम्वन्धि जटिल रोगको शल्यक्रिया गरिएको थियो ।
शाखा प्रबन्धक रोहित महासेठले हरेक वचतकर्तालाई डवल सुरक्षा प्रदान गर्ने उद्देश्यले वैंकले स्वास्थ्य र दुर्घटना विमाको योजना ल्याएको जनाकारी दिएका छन् ।
वैंकले स्वास्थ्य विमा अन्र्तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ ।
यस अघि गत भदौं २५ गते सो बैकले दुर्घटनामा परेर मृत्यु भएका राजविराज ८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना विमा वापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेठ १८ गते स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज १ का राम अवतार यादवलाई उपचार खर्च वापत ४४ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/04 प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
- 2081/01/03 मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
- 2081/01/02 अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
- 2080/12/30 कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
- 2080/12/29 चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
- 2080/12/29 किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने
- 2080/12/29 सप्तरीमा इदको रमझम
- 2080/12/29 दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
- 2080/12/29 त्रियुगा सहकारीले ५० औं स्थापना दिवसमा मनायो स्वर्ण जयन्ती
- 2080/12/27 विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ