News Category 2075/06/06

राजबिराजबाट दैनिक २७ टन फोहर उत्पादन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
राजबिराज नगरपालिका तथा फोहोरमैला ब्यबस्थापना प्राविधिक सहयोग केन्द्र ललितपुरद्वारा आयोजित एकिकृत फोहोरमैला ब्यवस्थापन सम्बन्धी शुक्रबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
सो अवसरमा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर कार्कीले नगरको फोहोर मैला दिगो ब्यबस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धान र जनचेतना, छाडा चौपाया नियन्त्रण, फोहोरलाई मोहर बनाउने लक्ष्य रहेको बताए ।
दैनिक राजबिराजमा २७ टन फोहर उत्पादन र २१ टन फोहर संकलन हुने गरेको तथा त्यस मध्ये १८ टन मात्र फोहर ढुवानी हुने गरेको उनले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी प्लाष्टीक १४ प्रतिशत, रबर १२, नाईलन १२, मेटल, २ खाध १९ काठ १२ सिसा ४ र कागज २ प्रतिशत फोहरमा पाउने गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । 
पर्याप्त श्रोत साधनको अभावका कारण फोहर ब्यबस्थापन हुन नसकेको स्विकार गर्दै उनले राजबिराज १० मा २ बिगहा जग्गामा डम्पिंग साईटको लागि घेराबेरा भई तयारी अबस्थामा रहेको जानकारी समेत दिए ।
सो कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले आम नगरवासीमा फोहोरलाई हेर्ने दृष्टीकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धीमूलक नहुने बताएकी छिन् । 
फोहोर बारे नगरवासीमा गलत मानसिकतामा परिवर्तन नभएको कारण नगरमा सरसफाईमा सफलता नपाएको दुखेसो पोख्दै उपप्रमुख झाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताईन ।
उक्त कार्यक्रम फोहरमैला ब्यबस्थापन प्राबिधिक सहयोग केन्द्रका कानुन अधिकृत दिपेन्द्र ओलीले आमसमुदायमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
सो अवसरमा फोहर मैला ब्यबस्थापन प्राबिधिक केन्द्रका कार्यकारी निर्देशक बिश्वमणी ज्ञवालीले  नगरको फोहर व्यबस्थापन र सरसफाईका लागि सकरात्मक सोच, सहमति र सहयोग बिना सम्भव नरहेको बताए ।
सो अवसरमा वातावरण उर्जा तथा जलवायु परिर्वतन बिज्ञ भुपेन्द्र दासले फोहर मैलावाट कम्पोजिट मल उत्पादन गरि रोजगारको अवसरसँगै फोहर ब्यबस्थापन समेत हुने भएकोले नगरपालिकाले कम्पोजिट मल बनाउन विभिन्न ठाँउमा मेसिनको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।
राजबिराज नगरपालिका प्रमुख शम्भु यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा १६ वटै वडाका अध्यक्षहरू, वडा सचिबहरू तथा सरसफाई क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट