News Category 2070/09/17

आ“प प्रबद्र्धन सम्बन्धि अगुवा कृषकहरुलाई तालिम

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ पुस । 
जिल्ला कृषि विकास कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि जिल्लाका आँप उत्पादक अगुवा किसानहरुको लागि तीन दिने आँप प्रबद्र्धन सम्बन्धि  तालिम शुरु भएकोे छ । 
जिल्ला कृषि विकास कार्यालयको तालिम हलमा शुरु भएको तालिममा बिभिन्न गाविसका २५ जना आँप उत्पादक कृषकहरुको सहभागिता रहेको जनाएको छ । 
समयमै रोग किरा नियन्त्रणका उपायहरु अबलम्ब गर्न नसकिदाँ रोग किराको प्रयोपका कारण आँप उत्पादनमा बर्षेनी आइरहेको ह्रासमा कमी ल्याउन, आँप खेतीलाई थप व्यवसायिक रुपमा बिकास गर्ने र आँपको उत्पादन क्षेत्र बिस्तार गर्ने उद्देश्यले आँप उत्पादन गर्ने अगुवा कृषकहरुलाई तालिम दिन शुरु गरेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बागबानी बिकास अधिकृत सिताराम मण्डलले जानकारी दिनुभयो ।
तालिममा जिल्ला कृषि कार्यालय सप्तरीका प्रमुख डा. रामचन्द्र यादव, बागबानी बिकास अधिकृत सिताराम मण्डल, कृषि प्रसार अधिकृत निलकमल सिंह, प्राबिधिक सहायक भोला यादव, रामबिलास यादव लगायतले आँपमा लाग्ने ग्वारो किराको प्रकोप र आँपको फल कुहाउने औशा नियन्त्रण गर्ने बिधि, उत्पादन क्षेत्र बिस्तार, बजार व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट