News Category 2070/09/18

चिसोका कारण सप्तरीमा दश जनाको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ पुस । 
अत्यधिक चिसोका कारण कठ्याङिग्रएर सप्तरीमा बिहीवार विहान दुई जनाको मृत्यु भएको छ । 
यो सँगै बिगत दुई साताको अबधिमा चिसोका कारण कठ्याङिग्रएर मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बिहीवार विहान अत्यधिक चिसोका कारण सप्तरीको हनुमाननगर गाविस–१ घरभई हनुमाननगर–७ मा बस्दै आएकी ७२ बर्षीया अनुरागीदेवी मण्डल र लोहजारा गाविस–५ निवासी ६५ बर्षीया जानकीदेवी साहको कठ्याङिग्रएर मृत्यु भएको प्रहरीले जनाएको छ । 
आफ्नै घरमा सुतिरहेका दुबै जनाको मृत शरिर बिहीवार विहान फेला परेको प्रहरीको भनाई छ । 
यसअघि गत साता सप्तरीको नकटी रायपुर गाविस–८ निवासी ६५ बर्षीय रघुनाथी यादव, नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदा, सुनसरीको मधेशा गाविस–७ घरभई सप्तरीको रुपनगरमा बस्दै आउनु भएका ४५ बर्षीय राजकुमार परियार, जिल्लाको नेगड गाविस–७ निवासी ममता मरिक डुम, बरमझिाया गाविस–२ निवासी ६५ बर्षीया किसुनदेवी खंग, लौनियाँ गाविस–९ निवासी ६५ बर्षीया धनबन्ती मरिक डुम, बनरझुल्ला गाविस–७ निवासी ७८ बर्षीय बिलट चौधरी र मानसिक सन्तुलन ठीक नभएकी एक महिलाको अत्यधिक चिसोका कारण मृत्यु भएको थियो ।  
गत मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । 
सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट