News Category 2075/06/25

राजमार्गमा चालकलाई रिफ्रेस गर्दै प्रहरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 
चाडपर्वको वेला अत्याधिक हुने दुर्घटना तथा लापर्वाहीलाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवारदेखि जिल्लाको राजमार्ग सडकखण्डमा चालकलाई रिफ्रेस र सडक सुरक्षा अभियान सुरु गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालय अगाडी जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुरु भएको अभियानको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चालकलाई चिया र कफी खुवाएर उद्घाटन गरे ।
अभियानका क्रममा लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई सवारी साधन १० मिनेट पार्किङ्ग गर्न लगाई प्रहरीद्वारा पानी, चिया र कफी खुवाएर रिफ्रेस गराउने गरिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले बताए । अभियान छठ पर्वसम्म सञ्चालन हुने भन्दै प्रहरी प्रमुख विष्टले लामो दुरीको यात्रा तय गरेर आएका चालकलाई पानी चिया र कफी खुवाएर रिफ्रेस गराएपछि सवारी तथा ट्राफिक नियम पालना गर्न पनि प्रहरीद्वारा आग्रह गर्ने गरिएको उनको भनाई छ ।
यस्तै डिएसपी भावेश रिमालले चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले ११ वुदे विशेष सुरक्षा योजना लागु गरेको र यसै अन्तर्गत सडक सुरक्षा योजनाका साथै प्रत्येक नगर र गाउँपालिकामा यात्रु सहायता कक्षको स्थापना, सिमा क्षेत्रमा उच्च सतर्कता, दिवा र रात्री गस्तिमा तिव्रता र शक्तिपिठहरुमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट