News Category 2070/09/19

सप्तरीमा ३४ हजार भन्दा बढी साक्षर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ पुस ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले सञ्चालन गरेको साक्षरता अभियान अन्तर्गत सप्तरीमा बिगत दुई बर्षको अबधिमा ३४ हजार भन्दा बढी निरक्षरहरुलाई साक्षर बनाइएको छ ।
साक्षरता अभियान अन्तर्गत आर्थिक बर्ष २०६९÷०७० मा १७ हजार ५ सय ७१ जना र आर्थिक बर्ष २०६८÷०६९ मा १६ हजार ५ सय ५५ जना गरी ३४ हजार १ सय २६ जना निरक्षरहरुलाई साक्षर बनाइएको हो ।
साक्षरता अभियान अन्तर्गत आर्थिक बर्ष २०६९÷०७० मा महिला ११ हजार ७ सय ५२ र पुरुष ५ हजार ८ सय १८ जना निरक्षरहरुलाई साक्षर बनाएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै गत आर्थिक बर्ष २०६८÷०६९ मा महिला १५ हजार ६ सय ९२ र पुरुष ८ सय ६३ जना निरक्षरहरुलाई साक्षर बनाएको जिल्ला शिक्षा कार्यालय सप्तरीको तथ्याङकमा उल्लेख छ । 
सो आर्थिक बर्षमा २७ हजार निरक्षरलाई साक्ष्र बनाउने लक्ष्य रहेपनि दुई चरणमा सञ्चालन गर्नुपर्ने कार्यक्रम एक चरणमा मात्र सञ्चालन हुन सकेकोले लक्ष्य प्राप्ति हुन नसकेको जिल्ला शिक्षा कार्यालय सप्तरीका साक्षरता अभियान शाखा प्रमुख बिजयकुमार मण्डलले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा सप्तरीका २० वटा गाविसमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गर्ने र २८ हजार निरक्षरहरुलाई साक्षर बनाउने लक्ष्य रहेको लिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट