News Category 2075/06/27

एक साता नबित्दै सप्तरीमा पुनः १४ वर्षीया बालिका बलात्कृत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नबित्दै सप्तरीमा पुनः एक १४ वर्षिया बालिकाको बलात्कार भएको छ । 
विहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । 
प्रहरीका अनुसार घरमा एक्लै रहेकी बालिकालाई केही काम छ भन्दै फकाएर कोठामा लगि छिमेकी १७ वर्षीय युवाले बलात्कर गरेको हो । बालिका बलात्कार गर्ने ती युवालाई शुक्रबार विहान पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।
बालालिकालाई जवरजस्ती गरेको सूचना आएपछि पुगेको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए । बालिकाको शुक्रबार स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 
यसअघि असोज २१ गते सोही नगरपालिकाको वडा नं. ५ मा १८ वर्षीय युवकले छिमेकी १४ वर्षीया बालिकाको बलात्कार गरेको थियो । सोही राति अर्काे घटनामा खडक नगरपालिका ८ मा ७१ वर्षीया वृद्धालाई स्थानीय ४० वर्षीय एक व्यक्तिले जवरजस्ती करणी गरेका थिए । 
चालू आवको तीन महिनामा जिल्लामा बलात्कारका ११ र करणी प्रयासका ५ वटा घटना भएका छन् । तीन मध्ये अधिकांश घटनामा छिमेकी र आफ्न्तको संलग्नता पाईएको छ । 
प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार विगतमा त्यस्ता अधिकांश घटना गाउँमै मिलाउने गरीन्थ्यो। अपराधिहरु बच्दै आएका थिए । अहिले पीडित प्रहरीमा आउने क्रम बढेको छ । 
बढ्दो बलात्कारका घटनालाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालयले जनचेतना अभियान पनि चलाएको छ तर, सामाजिक विकृतिका रुपमा रहेका यस्ता समास्या प्रति जनस्तरबाटै चासो व्यक्त नभएसम्म यस्ता चुनौतीको सामना गर्न गाह्रो हुने प्रहरी उपरीक्षक विष्टको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट