News Category 2075/06/27

साँझ ८ बजेपछि मदिरा बिक्रिमा रोक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिजय दशमी, शुभदिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार जिल्लाका संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान गरेको छ । 
सो कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जिल्लामा देखिएका विभिन्न खाले आपराधिक घटना, महिला हिंसा, लागु पर्दाथ दुर्वेशनी लगायतमा मदिरा सेवनले ठूलो भूमिका खेलेको बताएका छन् ।
उनले जिल्लामा मदिरा नियन्त्रणको प्रयासका लागि प्रहरी लागे पनि पूर्ण रुपले मदिरा नियन्त्रण गर्न कठिनाई भइरहेको बताएका छन् । उनले मदिरा बिक्रिका लागि मदिरा पसललाई लाइसेन्स रहेकोले त्यसलाई नियन्त्रण गर्न कानुनी कठिनाई समेत रहेको जिकिर गरे । 
खुल्ला मदिरा बनाउने स्थानहरुमा प्रहरीले छापा मारेर बरामद गरेपनि त्यसलाई पूर्ण रुपले नियन्त्रण गर्न नसकेको दुखेसो व्यक्त गर्दै बिशेषगरि चाडपर्वको बेला मदिरा विक्रिमा कडाई गरिएको जानकारी दिए । प्रहरी उपरिक्षक विष्टले जिल्ला चाडपर्वको अवधी भर साँझ ८ बजेपछि मदिरा बिक्रि गर्न पूर्ण रुपले बन्द गरिएको जानकारी दिँदै सो समयपछि मदिरा बिक्रि गर्ने पसललेलाई कानुनी कारवाही समेत गर्ने बताए । 
सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक भावेश रिमाल, प्रहरी निरिक्षक लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट