News Category 2075/06/27

“शम्भुनाथका जनप्रतिनिधि र कर्मचारीहरु जनविरोधी र ऐन विपरीत काम गरिरहेका छन्”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधिहरु र सेवा प्रदायक राष्ट्रसेवकहरुबाट प्रवाह हुने सेवा, विकासका कार्यहरु जनविरोधी र स्थानिय सरकार संचालन ऐन २०७४ विपरीत रहेको तिन दलले ठहर गरेको छ ।  
राष्ट्रिय जनता पार्टीका चन्द्रकान्त मण्डल, संघीय समाजवादी फोरम नेपालका सरोज कुमार चौधरी र नेपाल कम्युनिष्ट पार्टीका जितेन्द्र प्रसाद गुप्तले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै शम्भुनाथ नगरपालिकाबाट भए गरेको जनविरोधी र प्रचलित ऐन नियम विपरीतका कार्यलाई खारेज गर्न माँग गरिएको छ । 
जारि विज्ञप्तिमा भ्रष्टाचारमुक्त एवं विकसित शम्भुनाथ निर्माणका लागि २२ बुँदे माँग अघि सार्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । आन्दोलनका कार्यक्रम अनुसार असोज २७ गते स्वेच्छाचारिता, बेथिति, दमन, भ्रष्टाचार विरुद्ध माइकिङ र प्रचारप्रसार गर्ने असोज २८ गते कार्यालय अगाडी धर्ना र प्रदर्शन तथा सोही दिन नगरपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय गरिएको उल्लेख छ । 
जनताको भावनालाई अघात पुग्नेगरि नियम विपरीत वडा नं. १२ मा लगाइएको सबै पोखरीको ठेक्का खारेज हुनुपर्ने, नगरपालिकाले लिदै आएको विभिन्न किसिमको जनविरोधी कर तथा दस्तुरहरु संशोधन गरि बैज्ञानिक एवं न्यायोचित कर दस्तुर लागु गर्नपर्ने, जनप्रतिनिधिहरुको परिवारको संलग्नतामा संचालित सबै योजनाहरु छानबिन हुनुपर्ने, आवश्यक र औचितताको आधारमा बजेट बिनियोजन गर्नुपर्ने, नपाले राजपत्रमा उल्लेख गरिएका बस्तुको दर भाउ रेट संशोधन गरी बैज्ञानिक दर भाउ रेट कायम गर्नुपर्ने लगायतका माँगहरु अघि सारिएको छ । 
जारि विज्ञप्तिमा नगरपालिकाले कार्यान्वयनमा ल्याएको विभिन्न कर, दस्तुर अहितकारी भएको भन्दै योजना संचालनका लागि गठन गरिने उपभोक्ता समिति, टेन्डरमा नातावाद, कृपावाद र स्वेच्छाचारिताको रहेको आरोप लगाइएको छ । त्यस्तै जनप्रतिनिधिहरुले प्रयोग गरिरहेका सवारीसाधनहरु जनताको कार्यमा भन्दा बढी व्यक्तिगत कार्यमा प्रयोग भइरहेको, बोर्डका जनप्रतिनिधिहरु कार्यालय समयमा जाड रक्सी खाई बिकृतीजन्य कार्यमा लिप्त रहने गरेको आरोप समेत लगाइएको छ । 
सो नगरपालिकामा संचालित योजनाहरु गुणस्तरहिन, कमिशनको चलखेल लगायतले सो कार्यहरुमा भ्रष्टचारले जडो गाड्दै गइरहेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट