News Category 2070/09/20

४० लाख भन्दा बढीको घरमा सु“गुर बस्छन् क्लिनिकमा बालबालिका होइन् दुरव्यसनी आउ“छन्

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, १९ पुस ।
राजविराज नगरपालिकाको मुख्य सडकमा एउटा घरमा छ । जसमा मानिस होइन् सुँगुरहरु बस्छन् । अहिले त्यो घरको मूल्य ४० लाख भन्दा बढी पर्छ । नगरपाकिाले त्यत्रो लगानी गरेर सुँगुरलाई घर प्रदान गरेको होइन् । त्यो घर वारुणयन्त्र राख्न बनाइएको थियो । तर घर तोडेर नयाँ घर बनाउँदा पनि वारुणयन्त्र नभई सुँगुरहरुको बस्ने थलोको रुपमा प्रयोग भएको छ । 
पुरानो वारुणयन्त्रको घरलाई नयाँ भवन निर्माण गर्ने र नगरपालिकाको थप आयश्रोतका लागी थालिएको घर अधुरै अवस्थामा छ र सुँगुरहरुको बास स्थान बनेको हो ।
त्यसैगरि लाखौ आम्दानी हुने बारुणयन्त्रको साविक घर र सयौ बालबालिका महिला एवं वडा बासीलाई सेवा दिने स्वास्थ्य क्लिनिकको अवस्था पनि यस्तै रहेको छ । यहाँ पनि स्वास्थ्य क्लिनिक नभई अहिले लागु औषध दुरव्यसनीहरुको गाँजा तान्ने र सुई लगाउने थलो बनेको छ । 
राजविराज नगरपालिका भित्र प्रत्येक वर्ष वडा क्लिनिक निर्माण गर्न हेतु जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा गत दुई वर्ष देखि करिब २२ लाख रकम दुई पटक आईसकेको छ । 
प्रथम पटक आएको २२ लाख रकमबाट वडा नं. ६ मा वडा क्लिनिक बनाउने बोर्डबाट निर्णय भए पनि पछि रातारात निर्णयलाई बदलिएर वार्ड नं. १ को साझा प्रकाशनको छेउमै निर्माणाधिन रहेकै घर हो । 
विगत २ वर्षदेखि निर्माणाधिन रहेको सो क्लिनिक र त्यसका उपभोक्ता समितिहरु अहिले बेपत्ता भएका छन् । निर्माण कार्य सकेर पूर्वाधार समेत व्यवस्थापन भै गत एक वर्षदेखि वडा नं. १ का वडाबासीले सेवा लिनुपर्ने अवस्थामा भवन नै अलपत्र परेका छन् ।
उपभोक्ता समितिले काम सम्पन्न गर्नुपर्ने समय सिमा अवश्य नै पाएको हुनुपर्छ । तर त्यसमा न त उपभोक्ता न त नगरपालिका नै गम्भीर देखिन्छ । स्वास्थ्य जस्तो संवेदनशीलतालाई मनन् नगरी सर्यो बालबालिका र सेवाग्राही नगरबासी प्रति नगरपालिकाले अपमान नै गरेको छ भन्ने कुरा गर्दा अन्यथा नहोला । 
अधुरो स्वास्थ्य क्लिनिक अहिले वेश्यावृत्ति लागु औषध कारोबार र ड्रग्सका लागी सुरक्षित थलो बनेको देख्दा देख्दै नगरपालिकाले आफ्नो कुनै दायित्व र जिम्मेवारी बुझेको छैन् ।
त्यति मात्र होइन । साझा प्रकाशन लाईनको लामो सडकको नाला, बाटो सफाई र पिसाब गर्नका लागी आवश्यक व्यवस्थापन नगरपालिकालाई गर्ने कसले रोकेको छ । खुलेआम सार्वजनिक आवत जावत गर्ने सो बाटोमा दुर्गन्ध र खास गरी महिला दिदी बहिनी, जो शिवमन्दिर, भगवती मन्दिर, बजरंगबली मन्दिर वा व्यवसाय, हाट बजार गर्न आउने जानेलाई लज्जा र अपमानको सामना गरिरहेको परिस्थिति छ । 
जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा साझा प्रकाशनको कार्यालयको छेउमा राजविराज नगरपालिकाद्वारा निर्माण हुन लागेको उक्त भवनको निर्माणको कार्य समयमा सम्पन्न नहुदाँ वेश्यावृत्ति, लागु औषध र ड्रग्सका लागि सुरक्षित स्थलको रुपमा परिणत हुन थालेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट