News Category 2075/07/11

सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु

दैनिक समाचारदाता

सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु

    काठमाडौं÷नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीको शनिबार भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । 
    बा ३ च २८७ नम्बरको जीप काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।
    दुर्घटनामा परी रेडियो गौरवका पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।
    पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । 
    सोही दुर्घटनामा अन्य तीन जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट