News Category 2075/07/11

हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट

दैनिक समाचारदाता

हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट

    रौतहट÷रौतहट जिल्लाको एक पुरानो व्यापारीक केन्द्रको हाट बजार लाग्ने स्थानमा आगलागि भएको छ । कटहरिया नगरपालिका ५ स्थित हाट बजारमा शनिबार दिउँसो एक्कासी आगो सल्कदा हाटबजारका छाप्रा जलेका छन् ।
    सो आगलागीमा १ सय ६५ वटा घर टहरा नष्ट भएको भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
    आगलागी गौर नगरपालिको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियता नियन्त्रणमा ल्याउइएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ । 
    हाट बजार नभएपनि हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख आमोद कुमार यादवले जानकारी दिए ।
    दिउसोको समयमा कसैले चुरो बिडी खाएर फालेको ठुटोका कारण आगलागी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । 
    हाट बजार लाग्ने छाप्रा नै जलेपछि हप्तामा दुईदिन आईतबार र बुधबार कटहरियामा लाग्ने हाट बजार प्रभावित हुने स्थानीय बासिन्दा राजु प्रसाद यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट