News Category 2075/07/17

छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना छ ः कानुन मन्त्री 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
विराटनगर, १६ कात्तिक ।
    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना रहेको बताएका छन् । 
    विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने जानकारी दिए ।
    संघले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु नहुने सुझाव दिँदै उनले संघीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिए । 
    उनले प्रदेश सरकारको भावना र चाहानाप्रति संघीय सरकार गम्भीर रहेको भन्दै आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने स्पष्ट पारे ।
    मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको जानकारी दिए । 
    न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट