News Category 2070/09/23

अख्तियारको आ“खा जिविस र शिक्षा कार्यालय सप्तरीमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ पुस । 
जिल्ला बिकास समिति र जिल्ला शिक्षा कार्यालयबाट सञ्चालित योजनाहरुमा भएको अनियमितता बारे अनुगमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्चस्तरीय टोली सोमवार राजविराज आईपुगेको छ । 
नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक रिमोसियोम खामीको नेतृत्वमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पाँच सदस्यीय उच्चस्तरीय टोलीले सोमवारदेखि नै आफ्नो काम शुरु गरेको छ । 
टोलीले सोमवार पहिलो दिन जिल्ला शिक्षा कार्यालयद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन अनुसन्धान गर्नका लागि कार्यक्रमहरुको कागजातहरु माग गर्नुको साथै कार्यक्रमहरुमा भएको अनियमितता बारे छानविन गर्न शुरु गरेको श्रोतले जनाएको छ । 
अख्तियारको टोलीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा भएको अनियमिमता बारे परेको उजुरी बारे छानविन गर्नुको साथै बिद्यालयहरुमा पुगेर बिद्यालयहरुमा भएका अनियमिता बारे छानविन गर्ने र छानविनका क्रममा दोषी पाइएकाहरुमाथि कार्वाहीका लागि सिफारिस गर्ने श्रोतले बताएको छ ।
सुबिद्याका लागि जिल्लामा व्यापक रुपमा झोले बिद्यालयहरु खुलेको र छात्रबृति, भवन निर्माणका लागि प्राप्त अनुदान लगायतका शिर्षमा व्यापक अनियमिता भएको र जिल्ला विकास समितिद्वारा सञ्चालित योजनाहरुमा अनियमितता भएको तथा गाविस सचिवहरुले नक्कली बिल भरपाई बनाएर रकम अनियमिता गरेको उजुरीहरु पर्न थालेपछि अख्तियारको टोली अनुगमनका लागि सप्तरी आईपुगेको जनाइएको छ । 
टोलीले जिल्ला बिकास समिति, गाविसहरु, जिल्ला शिक्षा कार्यालय र बिद्यालयहरुको अनुगमन, अनुसन्धान र छानबिन पश्चात पत्रकार सम्मेलन मार्फत अनुगमनका क्रममा फेला पार्ने तथ्थहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 
यसअघि दुई दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिद्यालयमा जिलला शिक्षा कार्यालयबाट आएको ९ लाख रुपैयाँ अनियमितता गरेका भन्दै भगवती राप्राविका प्रअ नागेश्वर मण्डललाई कार्वाहीका लागि बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट