News Category 2075/07/29
श्रीमती र दुई बच्चालाई मारेको आरोपमा श्रीमानलाई घातक सुई लगाएर मृत्युदण्ड
वासिङ्टन, २९ कात्तिक (रासस÷एएफपी) ।
संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । विगत २५ वर्षसम्म वकीलले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ । संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो