News Category 2070/03/05

युवकयुवतीद्वारा आत्महत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ असार ।
सप्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
शम्भुनाथ गाविसमा युवक र पकरी गाविसमा युवतीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
शम्भुनाथ गाविस १ निवासी १८ बर्षीय गजेन्द्र ठाकुरले प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् । उनी आफ्नै काका महाबीर ठाकुरको घरको माथिल्लो तल्लाको धुरीमा झुण्डिएर आत्महत्या गरेको र कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै पकरी गाविस १ बस्ने रामदेव यादवकी १५ बर्षीया छोरी सुनिता कुमारी यादवले आफ्नौ घरको सुत्ने कोठाको दलिनमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दुबैको लासलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगराथा अंचल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट