News Category 2070/09/26
जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेमाथि कार्वाही हुन्छ ः प्रमुख आयुक्त कार्की
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेलाई आयोगले नछाड्ने बताउनुभएको छ ।
मध्यमाञ्चल र पुर्वाञ्चलको भ्रमणका क्रममा राजविराज आईपुगेका प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनताको नाममा आएका रकम सदुपयोग भए, नभएको अनुसन्धान गर्न आयोगले सप्तरी सहितका जिल्लामा टोली खटाएको बताउनुभयो ।
शिक्षा, जनस्वास्थ्य, स्थानिय निकाय लगायतका निकायमा जनताका लागि आएको रकम व्यापक रुपमा दुरुपयोग भएको उजुरी र गुनासो पश्चात टोली खटाइएर अनुसन्धान शुरु गरेको बताउँदै प्रमुख आयुक्त कार्कीले भन्नुभयो–‘‘ टोलीको प्रतिबेदनको आधारमा रकम दुरुपयोग गर्नेमाथि कार्वाही अघि बढाइनेछ ।”
सरकारले बिनियोजन गरेको रकम सदुपयोग भएको वा दुरुपयोग भएको र सरकारी निकायबाट प्राप्त हुने सेवा सुबिधा जनताले कसरी प्राप्त गरिरहेको भन्ने बारेमा अध्ययन गर्न आफुसहितको टोलीले भ्रमणमा निष्केको बताउँदै उहाँले जनताको नाममा आएका पैसा पैसाको सदुपयोग हुनुपर्छ, यदी कृतम कागज तयार गरेर रकम दुरुपयोग गर्ने जो कसैलाई पनि कार्वाही गर्ने बताउनुभयो ।
सुचना र प्रमाणको आधारमा आयोगले अनुसन्धान गर्ने भएकाले समानुपातिक सभासद् छनौटमा आर्थिक लेनदेन भएको सुचना प्राप्त भए आयोगले भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्ने बताउनुभयो ।
आर्थिक लेनदेन मै समानुपातिक सभासद् छनौट भएको हो भन्ने सुचना प्राप्त भए सभासद् कुन नेताले कति रकमको लेनदेन गरेको हो त्यसको सुचना र प्रमाण उपलब्ध गराई आयोग लाई सहयोग गर्न प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा आयोगबाट खटिएको टोलीले बिगत १५ दिनदेखि सप्तरीसहितका जिल्लाहरुमा अनुगमन र अनुसन्धान जारी राखेको बताउनुहुँदै प्रमुख आयुक्त कार्कीले केही बिचोलिया र पहुँचबालाहरुले जनताका नाममा आएका रकम दुरुपयोग गरेको प्रारम्भिक रुपमा पाइएको बताउनुभयो ।
सरकारी कर्मचारीको सरुवा राजनीतिक आस्था र पहुँचका आधारमा हुँदै आएकाले त्यसलाई पनि आयोगले गम्भीरता पुर्वक लिएको बताउँदै प्रमुख आयुक्तले कर्मचारी सरुवामा ट्रेड युनियनको नाममा हुँदै आएको दादागिरी र राजनीतिक व्यक्तिहरुको चलखेललाई रोक्नुपर्ने बताउनुभयो ।
बिद्युत प्राधिकरणले गर्दै आएको लोडसेडिङको बिषयमा पनि आयोगले निगरानी गरिरहेकोले लोडसेडिङ १२ घण्टा भन्दा बढी नबढ्ने बिद्युत प्राधिकरणका अधिकारीहरुले प्रतिबद्धता जनाएको बताउनुभयो ।
मुलुकमा सुशासन कायम गर्ने, मुलुकलाई अनिर्णयबाट निकास दिने र भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झार्दै सुशासन र कानुन राज्य कायम गर्ने उद्देश्य आयोगको रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
- 2081/01/07 वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ