News Category 2075/08/14
खरको छानामा आगो नलाग्ने प्रविधिको विकास
ललितपुर, १४ मङ्सिर (रासस) ।
खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ ।
नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो ।
खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।
“खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ, रु एक हजार ५०० देखि रु दुई हजारसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्सने र त्यस बाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।” प्रमुख ढकालले “यो प्रविधि गाउँगाउँमा पु¥याएर गरीब बस्तीलाई जोगाउनुपर्छ”, भन्नुभयो ।
अध्ययन र अनुसन्धानबाट सफल देखिएकोे यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरणसमेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट बस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यस सम्बन्धी कार्यशाला गरिसकेको प्रमुख ढकालले बताउनुभयो ।
रौतहट, सिराहालगायत जिल्लाका मुसहर बस्तीमा यो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । खरको छाना भएका बस्तीमा यो कार्यक्रम फैलाउँदै जाने योजना नास्टको छ ।
नास्टले विकास गरेको अरु प्रविधि जस्तै यो प्रविधि देख्दा स्थानीयवासीलगायत सबै जना अचम्ममा पर्छन् । सम्बन्धीत स्थानीय प्रशासनले पनि चासो देखाएर यो प्रविधिलाई गाउँबस्तीसम्म लैजानुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर नास्टका प्रतिनिधि फर्किएपछि त्यसमा तदारुकता नदेखाएको प्रमुख ढकालको अनुभव छ । उहाँले भन्नुभयो, “देख्नासाथ जादु जस्तो मानेर गरिहाल्छु भने धेरै छन् तर प्रविधिलाई आत्मसात् गर्नेको सङ्ख्या कम छन् ।”
देश सङ्घीयतामा गएपछि स्थानीय सरकारले धेरै अधिकार पाएको छ । स्थानीय सरकारले नै यो प्रविधि ग्रामीण बस्तीमा पु¥याउन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीलाई केही रकम आर्थिक सहयोग वा प्लास्टिक अनुदान दिँदा यो प्रविधि विपन्न वर्गले अपनाउँन सक्छन् ।”
एकातिर पक्की घर निर्माण बढ्ने र अर्कातिर माटोको घरमा पनि जस्ताको छानाको प्रयोग बढ्दै जाँदा नेपालमा खरको छानाको प्रयोग क्रमशः कम हुँदै गइरहेको छ । तराईका अति विपन्न परिवारले मात्रै खरको छाना हाल्ने गर्छन् । उनीहरुसँग प्लास्टिक किन्नसमेत पैसा नहुँदा स्थानीय सरकारले सहयोग गर्नुपर्ने नास्टको भनाइ छ ।
कतिपय स्थानमा कार्यशाला हुँदा जनप्रतिनिधिले चासो नदिएको गुणासो प्रमुख ढकालको छ । आफूले नयाँ काम थाल्दा आफैँले जस पाउने भए पनि अरुले गर्दा जस नपाउने चिन्ता राजनीतिमा संलग्नलाई हुन्छ, उहाँले भन्नुभयो, “राजनीति गर्ने मान्छेले साँच्चै जनताका बारेमा विचार गर्ने हो भने यो प्रविधि शुरु गरेर विपन्न वर्गलाई संरक्षण गर्नैपर्छ ।”
नास्टले विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको छ । सफल भएको प्रविधि स्थानीयस्तरमा हस्तान्तरणसमेत गर्दै आएको छ । अहिले नास्टले स्थानीय सरकारसँगको सहकार्यमा जोड दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
- 2081/01/06 जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
- 2081/01/06 छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
- 2081/01/06 दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
- 2081/01/04 प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
- 2081/01/03 मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
- 2081/01/02 अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
- 2080/12/30 कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
- 2080/12/29 चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
- 2080/12/29 किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ