News Category 2070/09/28

कोचिङ्ग सेन्टरले पनि स्विकृति लिनुपर्छ ः जिशिअ भण्डारी

दैनिक समाचारदाता

राजविराज÷जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका १ सय ५० विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको जानकारी दिएको छ । 
जिल्ला शिक्षा कार्यालय सप्तरीले शनिबार विद्यालय शान्ति क्षेत्र घोषणा भएको बारे आयोजना गरेको संचारकर्मीसँगको अन्तरक्रिया सो जानकारी दिएको हो । 
अन्तरक्रियामा जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले जिल्लामा रहेको ४ सय ९४ सामुदायिक विद्यालय मध्ये १ सय ५० विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकले आचारसहिता निर्माण गरेर विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । 
विद्यालयहरुमा सशस्त्र गतिविधी, राजनीतिक हस्तक्षेप र भेदभाव छुवाछुत लगायतलाई आचारसहितामा समावेश गरिए मात्र विद्यालय शान्ति क्षेत्र घोषणा गरिन सकिने बताउनुभयो । 
जिल्ला स्तरिय अनुगमन कमिटि गठन भइसकेको र बाँकी रहेका विद्यालयहरुकामा समेत शान्ति क्षेत्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै जिल्लामा १ सय १० वटा संस्थागत विद्यालयहरु रहेको बताउनुभयो ।  
यस्तै कार्यक्रममा शिक्षा अधिकारी भण्डारीले जिल्लामा स्विकृति बिनाको ३३ वटा विद्यालय रहेको उल्लेख गर्दै ती विद्यालयहरुलाई आउँदो शैक्षिक सत्रबाट पठनपाठन नगराउन पत्र पठाउने तयारी भइरहेको बताउनुभयो । 
अदालतले स्विकृती नलिएका त्यस्ता विद्यालयहरुलाई बन्द गराउने फैसला शिक्षा कार्यालयको पक्षमा दिइसकेकोले आउँदो शैक्षिक सत्रमा त्यस्ता विद्यालयहरुलाई स्विकृती लिन पत्र काट्ने र स्विकृती लिन अटेर गरे प्रहरी प्रशासन लगाएर समेत बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । 
त्यसैगरि जिल्लामा संचालित विभिन्न कोचिङ्ग सेन्टरहरु स्विकृती बिना नै संचालन भइरहेको बताउँदै जिशिअ भण्डारीले त्यस्ता कोचिङ्ग सेन्टरले पनि स्विकृती लिनु पर्ने बताउनुभयो ।
आयोजित अन्तरक्रियामा शिक्षा कार्यालयका बिजय मण्डल, श्रीपुरार्जका कार्यक्रम अधिकृत रमाकान्त चौधरी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट