News Category 2070/02/22

पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउनुहुनेभएको छ । धार्मिक गतिबिधीमा संलग्न हुन उहाँ सप्तरी आउनुहुने बताइएको छ ।
पूर्व राजाको सप्तरी भ्रमणबारे मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँका पूर्व सम्वाद सचिव डा. फँडिराज पाठकले जेठ २७ गते उहाँ सप्तरी आउनुहुने जानकारी दिनुभयो ।
वाराको सिमरा बिमानस्थलमा जहाजबाट ओर्लेर स्थल मार्ग मार्फत पूर्व राजा ज्ञानेन्द्र आएर सिधै प्रसिद्ध शक्तिपीठ भारदहस्थित कंकालिनी मन्दिर पुग्नुहुनेछ । उक्त मन्दिरमा पूजापाठ गरेपछि हनुमाननगरस्थित हनुमान मन्दिरमा समेत पूजापाठ गर्नुहुने पाठकले बताउनुभयो ।
यी दुई मन्दिरमा पूजापाठ सकिएपछि सदरमुकाम राजविराज आएर भेटघाट कार्यक्रममा सहभागी हुनुहुने पाठकले बताउनुभयो । पूर्व राजाले आफू निकटका व्यक्तिहरुसँग भेटघाट गर्नुहुनेछ ।
पूर्व राजाका भ्रमण संयोजक किशोरी महतोका अनुसार पूर्व राजाको कार्यक्रमहरु कुनै राजनीतिक हुने छैन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट