News Category 2070/10/02

चिसोबाट बच्न क्रिष्टियन सेवाद्वारा कम्बल बितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ माघ । 
चिसोबाट बच्नका लागि नेपाल क्रिष्टियन राहत सेवाले बुधबार सप्तरीको विभिन्न गाविसका विपन्न परिवारलाई एक कार्यक्रमबीच कम्बल वितरण गरेको छ । 
सदरमुकाम राजविराजसहित जिल्लाको दौलतपुर, मधुपट्टी र जमुनी मधेपुरा गाविसका विपन्न, साधु सन्तहरुलाई १ सय ७० थान कम्बल बितरण गरेको क्रिष्टियन सेवाले जनाएको छ ।   दैवी प्रकोपबाट पीडितहरुलाई राहत बितरण गर्दै आएको संस्थाले अत्यधिक चिसोबाट प्रभाबित दलित तथा बिपन्न परिवारलाई कम्बल बितरण गरेको संस्थाका मध्य क्षेत्र संयोजक बिरबहादुर तामाङले जानकारी दिनुभयो । 
बिगत केही दुई महिनायता बढ्ेको अत्यधिक चिसोका कारण जनजीवन प्रभाबित भएको र दलित तथा बिपन्न परिवारका व्यक्तिहरु बढी पीडित भएकाले राहत स्वरुप कम्बल बितरण गरेको तामाङले बताउनुभयो ।
सो कार्यक्रममा सप्तरी प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, श्रीकृष्ण दल गण राजविराजका गणपति राजेन्द्रमणि गिरी, रेडक्रस सप्तरी सभापति जोगेन्द्र भगतलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
यता चिसोका कारण सप्तरीमा स्वाश प्रश्वास, निमोनियाँ, झाडा पाखाला र रुघाखोकी लगायतको बिरामी बढेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट