News Category 2070/10/02

फोरमका अध्यक्षले राजीनामा दिएपछि कार्यभारमा उपाध्यक्षमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ माघ । 
मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अलीले आफ्नो पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका जिल्ला उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको सो पार्टीले जनाएको छ । 
फोरम नेपाल सप्तरीका सचिव उमेश प्रसाद यादवले बुधवार प्रेस बिज्ञप्ती जारी गरि संबिधानसभाको निर्वाचनमा जिल्लाको एउटा क्षेत्रमा पनि पार्टीका उम्मेदवारलाई बिजयी गराउन नसकेको भन्दै जिल्ला अध्यक्ष युसफले पुस ८ गते नै पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको जनाएको छ । 
जिल्लाको कुनैपनि क्षेत्रबाट पार्टीका उम्मेदवारलाई जिताउन नसकेकोले नैतिक जिम्मेवारी लिदै अध्यक्ष अलीले पदबाट राजीनामा दिइसकेपछि तत्कालिन रुपमा सम्पुर्ण कार्यभार उपाध्यक्षमा जाने भएको हुँदा सम्पुर्ण जिम्मेवारी यादवले सम्हालेको बिज्ञप्तीमा उल्लेख छ । संबिधानसभा निर्वाचनयता फोरम नेपाल सप्तरीभित्र तिब्र बिवाद देखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट