News Category 2070/10/03

सप्तरीका दुई प्रअबिरुद्ध अख्तियारद्वारा बिशेष अदालतमा मुद्दा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ माघ । 
बिगत डेढ साताको अबधीमा भ्रष्टाचारको अभियोगमा सप्तरीका दुई जना प्रधानाध्यापक बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा  अख्तियारले सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 
विभिन्न आथिर्क बर्षमा विद्यालयमा भौतिक संरचना निर्माणका लागि निकासा लिएको रकममध्ये प्रअ यादवले २९ लाख ८६ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रअ यादवलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ बमोजिम कैद गरी सोही ऐनअनुसार २९ लाख ८६ हजार जरिवाना गर्न माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
यस्तै बिद्यालयमा आएको ९ लाख रुपैयाँ अनियमिता गरेको भन्दै गत साता मात्रै अख्तियारले सप्तरीको भगवतपुर गाविसस्थित भगवती राप्राविका प्रअ नागेश्वर मण्डलबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट