News Category 2070/10/04

क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ माघ ।
राजविराजस्थित रंगशालामा माघ ४ गतेदेखि ६ गतेसम्म हुने पूर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । 
नेपाल सितेरियो कराते संघ सप्तरीले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
पुर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगिताका लागि भोजन व्यवस्थापन, फिल्ड व्यवस्थापन, बास व्यवस्थापन, प्रचार प्रसार तथा अनुगमन उपसमितिहरु गठन गरिएको जानकारी दिदै नेपाल सितेरियो कराते संघ सप्तरीका अध्यक्ष बिजयमान थापाले प्रतियोगिता सम्पन्न गर्न लाग्ने आर्थिक सहयोगहरु सरकारी तथा गैरसकारी निकायका साथै स्थानिय व्यापारी, बुद्धिजिवीहरबाट संकलन भईरहेको बताउनुभयो । 
सो प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै नेपाल सितेरियो कराते संघ सप्तरीका सचिव संजय परियारले नेपाल कराते महासंघबाट रु. १ लाख २० मात्र प्राप्त भएकाले स्थानिय स्तरबाटै आर्थिक संकलन गरेर प्रतियोगिता सम्पन्न गर्न लागेको जानकारी दिनुभयो । 
उक्त प्रतियोगितामा पुर्वाञ्चलका १६ जिल्लाबाट महिला १ सय ६० र पुरुष १ सय ७६ खेलाडी, टिम व्यवस्थापक र निर्णायक गरी ४ सय जनाको सहभागिता रहने अनुमान गरिएको सचिव परियारले बताउनुभयो ।
नेपाल कराते महासंघको आयोजनामा आगामी माघ ९ गतेदेखि ११ सम्म हुने प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशिप अन्तर्गत ४० औं राष्ट्रिय कराते प्रतियोगिताका लागि खेलाडी छनौटका लागि पुर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता गर्न लागेको होे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट